२०८२ भाद्र ७ गते शनिवार
ललितपुर । हिन्दु धर्मावलम्बीहरुले सोमबार कृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
भगवान विष्णुको आठौं अवतार भगवान कृष्णको जन्म दिवस स्वरूप यो दिन मनाइन्छ । पाटनस्थित कृष्ण मन्दिरमा पनि सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यस दिन भक्तजनहरू कृष्ण मन्दिरहरूमा पुग्छन्, भक्ति गीत गाउँछन्, व्रत बस्छन् र रातभर जागर राखेर भगवान कृष्णको जन्म मनाउँछन्। सरकारले आज कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij