२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लािग ३५ दिनको समय दिइएको छ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij