Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाणिज्य बैंक

वाणिज्य बैंकहरुले भदौका लागि सार्बजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले भदौका लागि सार्बजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?


  • 1.7K
    Shares

    वाणिज्य बैंकहरुले भदौका लागि सार्बजनिक गरे नयाँ ब्याजदर,  कुन बैंकको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

    साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन्। बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्।

    तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर क्रमश: कम गर्न थालेका हुन्।

    साउनको तुलनामा भदौमा संस्थागततर्फ नेपाल बैंकले ०.२५ प्रतिशत, एभरेस्ट बैंकले ०.२ प्रतिशत, प्रभु बैंकले ०.९ प्रतिशत, सानिमा बैंकले ०.०५ प्रतिशत निक्षेपको ब्याजदर घटाएका हुन्।

    यस्तै सिद्धार्थ बैंकले ०.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले ०.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत, हिमालयन बैंकले ०.५ प्रतिशत, एनएमबी बैंकले ०.१२ प्रतिशत र एनआईसी एसिया बैंकले ०.१२ प्रतिशत ब्याजदर घटाएका हुन्।

    यसैगरी प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाउँदा अन्य ८ बैंकले भने घटबढ गरेका छैनन्।

    भदौ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

    news1.jpg

     

     

    प्रकाशित मिति :श्रावण ३२ २०८१ शुक्रवार - १०:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij