Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल : प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

आईएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल : प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?


  • 2.1K
    Shares

    आईएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल : प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्ममा ५ अर्ब  शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४५.०४ प्रतिशतले वृद्धि भएको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    गत असारसम्म कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

    कम्पनीले १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ दीर्घकालिन लगानी र १ अर्ब २७ करोड ५० लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - ०८:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij