Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मुक्तिनाथ कृषि कम्पनीको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्तो ? 

मुक्तिनाथ कृषि कम्पनीको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.5K
    Shares

    • images
    मुक्तिनाथ कृषि कम्पनीको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार एक बर्षको अवधीमा अर्थात गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १३ पैसा बढेर ४ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ।

    यता, आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०.१४ प्रतिशत बढेको छ भने कुल नाफा ५७.०१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशत र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - ०८:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij