Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक बर्षमा नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

एक बर्षमा नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.0K
    Shares

    • images
    एक बर्षमा नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवमा कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा बढेर ३४ करोड ९ लाख रुपैयाँ पुगेको हो । खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५७.८८ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५१ प्रतिशत र खुद ब्याज आम्दानी ७५ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा कम्पनीको वितरणयोग्य नाफा भने घटेको छ । अघिल्लो आवमा ३० करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा गत आवमा २८ करोड ११ लाख रुपैयाँ छ ।

    कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड रुपैयाँ छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा २८ करोड ११ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी सञ्चिति गरेको छ । 

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - ०७:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij