Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनएमबि लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ नोक्सानमा, अन्य सूचक कस्तो ? 

एनएमबि लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ नोक्सानमा, अन्य सूचक कस्तो ? 


  • 1.7K
    Shares

    • images
    एनएमबि लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ नोक्सानमा, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा वर्षमा संस्थाले ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

    चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ करोड २४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ५५ लाख ५४ हजार रुपैयाँले ऋणात्मक रहेको थियो भने रिजर्भमा २० करोड ७९ लाख रुपैयाँ थियो।

    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.३५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ९.५४ प्रतिशत थियो।

    समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ३२ करोड ८२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १८.०८ प्रतिशतले कम हो।

    समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ७.४० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ६.३९ रुपैयाँले ऋणात्मक थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १२९.७९ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - ०८:५५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij