Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आज साउनको अन्तिम सोमबार एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते

आज साउनको अन्तिम सोमबार एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते


  • 4.4K
    Shares

    आज साउनको अन्तिम सोमबार एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते
    images

    काठमाडौं । जेहनाबाद– भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा सात जनाको मृत्यु भएको छ, साथै अन्य नौ जना घाइते भएका छन् ।

     बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो  ।  

    जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।  

    जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शव पोस्टमार्टमका लागि पठाइँदै छ ।  


    यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरे । यस्तै सो घटनाबारेमा अनुसन्धान भइरहेको छ । 

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - १४:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij