Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

जेन-जी फ्रन्टद्वारा १३ जनाको सल्लाहकार परिषद् गठन, मिलन पाण्डे पनि समेटिए

जेन-जी फ्रन्टद्वारा १३ जनाको सल्लाहकार परिषद् गठन, मिलन पाण्डे पनि समेटिए


  • 596
    Shares

    जेन-जी फ्रन्टद्वारा १३ जनाको सल्लाहकार परिषद् गठन, मिलन पाण्डे पनि समेटिए
    images

    काठमाडौं । 'नेपाल जेन-जी फ्रन्ट'ले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले विभिन्न क्षेत्रका अगुवा एवं परिवर्तनकारी व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार परिषद् घोषणा गरेको हो ।

    नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित डा. रामजी राम, आशुतोष तिवारी, र प्रगति राई लगायत १३ जना रहेका छन् । परिषद्का अन्य सदस्यहरूमा साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन् ।

    फ्रन्टले आफ्नो आन्दोलन र विद्रोहपछि नेपाल सरकारसँग भएको सम्झौताको पूर्ण परिपालना र कार्यान्वयनका लागि खबरदारी गर्न यो परिषद् गठन गरिएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, 'देशलाई लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउन सरकार र जेन-जी बीच भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको निर्वाचन समयमै हुनु अपरिहार्य छ ।'

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १३:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij