Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

टापु अमेरिकालाई नदिदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन्- हसिना

टापु अमेरिकालाई नदिदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन्- हसिना


  • 1.8K
    Shares

    टापु अमेरिकालाई नदिदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन्- हसिना
    images

    बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक सातापछि शेख हसिनाले आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् ।

    भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको बताएकी छन् ।

    इकोनोमिक टाइम्सका अनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूभनेको उदृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ- 'म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्न दिन चाहन्नथें । उनीहरू विद्यार्थीहरूको शवबाट शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले छोडेर त्यो हुन दिइन । अमेरिकी नियन्त्रणमा सेन्ट मार्टिन टापु र बंगालको खाडी दिएर मैले आफ्नो कुर्सी जोगाउन सक्थें । म देशवासीलाई कट्टरपन्थीबाट भ्रममा नपर्न अपील गर्छु । अल्लाहको कृपाले छिट्टै बंगलादेश फर्कनेछु ।'

    विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दै हसिनाले भनकी छन्- 'मैले उनलाई रजाकार भनेकी थिइनँ । मेरो शब्दलाई देशमा अस्थिरता ल्याउन गलत अर्थ लगाइयो । बंगलादेशका जनताको निर्दोषताको फाइदा उठाएर यो षड्यन्त्र रचिएको हो ।' 

    राजीनामा दिएपछि हसिनाले यस विषयमा कुनै बयान दिएको यो पहिलो पटक हो । यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरिएको थियो । अमेरिकाले यहाँ सैन्य आधार बनाउन चाहन्छन् । यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताएका थिए ।

    बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल छ । जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकी थिइन् ।

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०८:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij