Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५७ करोड ४९ लाख नाफा, अन्य सूचक कस्तो ?

एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५७ करोड ४९ लाख नाफा, अन्य सूचक कस्तो ?


  • 2.2K
    Shares

    एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५७ करोड ४९ लाख नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले को नाफा घटेको छ । 

    इन्स्यारेन्स कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा वर्षमा ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    यस्तै, समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७५ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।

    समीक्षा वर्षमा कम्पनीले ३२ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्षमा कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले अभिकर्ता कमिसनमा कम रकम खर्चिएको छ।

    समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत ४३ करोड २८ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७६ करोड ९९ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत कम रकम खर्चिएको छ।

    शेयरपुँजी ३ अर्ब ९६ करोड शेयर रहेको कम्पनीले समीक्षा वर्षमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ। 

    असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७.८७ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०७:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij