Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक बर्षमा उपकार लघुवित्तको नाफा १ करोड ८५ लाख, चुक्ता पुँजी कति ?

एक बर्षमा उपकार लघुवित्तको नाफा १ करोड ८५ लाख, चुक्ता पुँजी कति ?


  • 1.8K
    Shares

    • images
    एक बर्षमा उपकार लघुवित्तको नाफा १ करोड ८५ लाख, चुक्ता पुँजी कति ?
    images

    काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१=४१ प्रतिशत कम हो । यस संस्थाले अघिल्लो वर्ष २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    संस्थाको खुद ब्याज आम्दानी ११ करोड ८२ लाखबाट बढेर १३ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि संस्थाको नाफा घटेको देखिएको छ । 

    यसको राइट ब्याक रकम कम हुँदा नाफा घटेको हो । अघिल्लो वर्ष संस्थाले १ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गरेको थियो । गत वर्ष ९० लाख मात्र राइट ब्याक गरेको छ । 

    चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको उपकारको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ जम्मा रहेको छ । 

    संस्थाको प्रतिसेयर आम्दानी २३.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २२०.०६ रुपैयाँ छ । एनपीएल २.१३ प्रतिशत कायम भएको छ । 

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - ०८:२१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij