२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अर्को साता अर्थात् चैत २७ गते शुक्रवार बाँडफाँड हुने भएको छ । कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार अर्को साताभित्र बाँडफाँड सम्पन्न गर्ने तयारी गरिएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९.३४ गुणा बढी हो । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij