Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेताको होटलमा आगजनी हुँदा कम्तीमा २४ जनाको जलेर मृत्यु

नेताको होटलमा आगजनी हुँदा कम्तीमा २४ जनाको जलेर मृत्यु


  • 2.1K
    Shares

    नेताको होटलमा आगजनी हुँदा कम्तीमा २४ जनाको जलेर मृत्यु
    images

    ढाका । बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा एक जना इन्डोनेशियाली नागरिकको पनि मृत्यु भएको बताइएको छ । 

    रिपोर्टका अनुसार आवामी लिगका एक नेताको सो होटलमा सोमबार आगजनी गरिएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल थियो ।

    बंगलादेशको दैनिक पत्रिका डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो । अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धार कार्य ढिलो सुरु भयो । यो होटल बंगलादेशको दक्षिण–पश्चिममा शहर जसोरमा थियो । होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन् ।

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख रहँदै आएकी छिन् । सरकारी जागिरमा आरक्षण विरोधी प्रदर्शनले उग्र रुप लिएपछि सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत गएकी थिइन् । त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको थियो । बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - १८:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij