Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार


  • 3.4K
    Shares

    बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार
    images

    काठमाडौं ।  नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।

    प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

    सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

    आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    उनीहरूले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् । विद्यार्थीहरूले प्रस्ताव गरेका युनुस पनि सरकारको मुख्य सल्लाहकारका रूपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । सुरुमा आफू तयार नभएको भन्दै उनले भनेका छन्, ‘किनकि मैलै गर्नुपर्ने काम धेरै छ ।’

    बंगलादेश बाहिर ९फ्रान्समा० रहेका ८४ वर्षका उनले भने, ‘विद्यार्थीहरूले धेरै त्याग गरेका छन्, देशका नागरिकहरूले पनि त्याग गरेका छन् । मेरो पनि केही दायित्व हुन्छ । त्यसपछि मैले विद्यार्थीहरूलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ ।’ उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - १३:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij