Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बंगलादेशमा चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय

बंगलादेशमा चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय


  • 2.0K
    Shares

    बंगलादेशमा  चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय
    images

    ढाका । बंगलादेशमा सोमबार प्रदर्शनकारीहरूले धानमन्डीस्थित ‘बंगबन्धु स्मृति जादुघर’ मा तोडफोड र आगजनी गरेका छन् ।

    बंगलादेशको राजशाही जिल्लामा शेख हसिनाको पार्टी अवामी लीगको विरासतलाई सजाएर राखिएको यो संग्रहालयमा आगो झोसिएको हो । 

    यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजीबुर्रहमानको तस्बिर पनि प्रदर्शनकारीहरूले जलाइदिएका छन् उता प्रहरी कार्यालयमा पनि भिडले हमला गरिरहेको छ । त्यसका कारण प्रहरी पनि चौकी छाडेर भागिरहेका छन् ।

    बंगलादेशको राजधानी ढाकास्थित जतराबाडी, बड्डा, मोहम्मदपुर, अदाबारसमेत कयौँ पुलिस स्टेशनमा सोमबार रातभर हमला र लुटपाट भएको छ।

    सोमबार कयौँ चौकीमा आक्रमण भयो । कयौँ स्थानमा आक्रोशित भिड र प्रहरीबीच झडप भएको छ। केही चौकीबाट प्रहरी नै भागेका छन् ।

    मंगलबार बिहान बीबीसी बंगलाका संवाददाता मोहम्मदपुर प्रहरी चौकी पुगेर हेर्दा कार्यालय जलेर खरानी भएको देखिएको थियो । पुलिस चौकीका केही कोठाबाट धुवाँको मुस्लो देखिएको थियो । पुलिस चौकी परिसरमा जलिरहेका कागज र फर्निचर मात्रै थिए ।

    चौकीभित्रबाट पंखा, कुर्सी, टेबलसमेत सबै सामान लुटिएको थियो । सुरक्षा संकटका कारण आइतबार चौकीका तैनाथ प्रहरी भागेर सुरक्षित स्थानतिर लागेका थिए ।

    मोहम्मदपुर चौकीकमा एकजना असईले बताएअनुसार कार्यालयभित्रका सबै हतियार, गोला बारुद पनि लुटेर लगिएको छ।समाचार अनुसार आइतबार राति नै चौकीमा राखिएका गाडी, मोटरसाइकल र चौकीभित्रका सामान पनि लुटिएको हो ।

    यो चौकीमा अहिले एकजना पनि प्रहरी छैनन् । सोमबार बड्डा र भटारा चौकीमा पनि आक्रमण गरियो । आगो लगाइएपछि चौकी जलेर खरानी भएको छ।

    चौकीबाहिरका गाडीसहितका सामान र भित्र राखिउका सामान सबै जलाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका मात्रै ५० भन्दा धेरै चौकीबाट प्रहरी भागेका छन् ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - १३:१३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij