Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विमानमा यात्रा गरेको यात्रीको टाउकोमा जुम्रा देखेपछि...

विमानमा यात्रा गरेको यात्रीको टाउकोमा जुम्रा देखेपछि...


  • 2.7K
    Shares

    विमानमा यात्रा गरेको यात्रीको टाउकोमा जुम्रा देखेपछि...
    images

    वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । 

    एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए ।

    ‘मैले वरपर हेरेँ, कोही पनि विमानको भुँइमा थिएनन् न त कोही आत्तिएकै थिए । मलाई लाग्यो, त्यस्तो डरलाग्दो त केही पनि होइन रहेछ । हामी विमानबाट बाहिर निस्क्यौँ,’ जुडेल्सनले भिडियोमा भनेका छन् । बाहिर निस्कने बित्तिकै अरु यात्रुहरूले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर कुरा गरिरहेका थिए ।

    विमानमा सवार दुई जना केटीले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर फ्लाइट अटेन्डेन्टलाई सूचना दिएपछि मेडिकल इमर्जेन्सीका कारण विमान अपर्झट अवतरण गराइएको थियो । तर विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको टिकटक भिडियोमा जुडेलसनले भनेका छन् ।

    यस घटनाबारे अमेरिकन एयरलाइन्सले कुनै विज्ञप्ति जारी भने गरेको थिएन । सबै यात्रुहरूलाई पछि लस एन्जलस सुरक्षित पुर्‍याइएको थियो । यो घटना यही जुन १५ को हो ।  एजेन्सी

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - ०९:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij