Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनआईसी एशिया बैंकले चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्ने

एनआईसी एशिया बैंकले चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्ने


  • 1.7K
    Shares

    • images
    एनआईसी एशिया बैंकले चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्ने
    images

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले आफ्नो स्वामित्वको नेपाल इन्फान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ९ लाख ६५ हजार कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार ३४९ कित्ता, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ हजार ८०५ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    जसमध्ये सीआईटीको शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै खरीद गर्न पाउनेछन् भने निफ्रा, सूर्यज्योति लाइफ र सूर्याेदय वोमी लघुवित्तको शेयर जोकोहीले खरीद गर्न सक्नेछन् । यी शेयर खरीदका लागि आवेदन दिँदा घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

    बैंंकले प्रत्येक कम्पनीको शेयरको मूल्य फरक–फरक तोकेको छ । जसमा निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १८५ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता ३९९ रुपैयाँ र सीआईटीको प्रतिकित्ता ८३३ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।

    सो कम्पनीहरूको खरीद गर्न योग्य तथा इच्छुक व्यक्तिले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेद पेश गर्नु पर्नेछ । आवेदन आज साउन २२ गतेदेखि २९ गते कार्यालय समयसम्म पेश गर्न सकिनेछ ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - ०९:१०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij