२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । बंगलादेशको लागि नेपाली दूतावासले बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित रहेको जनाएको छ ।
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्चितकालीन कर्फ्यू आदेशसमेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।
दूतावासले आज सार्वजनिक सूचनामा सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij