Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा कांग्रेस-एमालेले टुंग्यायो मन्त्रीहरूको नाम, शपथ साढे ३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमालेले टुंग्यायो मन्त्रीहरूको नाम, शपथ साढे ३ बजे


  • 3.9K
    Shares

    सुदूरपश्चिममा कांग्रेस-एमालेले टुंग्यायो मन्त्रीहरूको नाम, शपथ साढे ३ बजे

    धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिनेछ ।

    एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ । दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ ।

    सत्तारुढ दलहरुबीच भएको भागवण्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो ।

    तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ । एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

    ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - ११:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij