Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

समाज लघुवित्तको बार्षिक वित्तीय विवरण : नाफा ३२.३४ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ? 

समाज लघुवित्तको बार्षिक वित्तीय विवरण : नाफा ३२.३४ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ? 


  • 1.7K
    Shares

    • images
    समाज लघुवित्तको बार्षिक वित्तीय विवरण : नाफा ३२.३४ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत वर्षमा ३२.३४ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो वर्ष ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएकोमा गत वर्ष ५१ लाख ३० हजार रुपैयाँमा सिमित भएको हो । 

    कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । 

    त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष केही बढेको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ४.७८ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४.८२ प्रतिशत पुगेको हो । 

    कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २ सय २९ रुपैयाँ ९७ पैसा र तरलता अनुपात ३.७० प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - ०८:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij