Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाल फाइनान्सको नाफा एक बर्षमा १०.०१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? 

नेपाल फाइनान्सको नाफा एक बर्षमा १०.०१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? 


  • 1.6K
    Shares

    • images
    नेपाल फाइनान्सको नाफा एक बर्षमा १०.०१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? 
    images

    काठमाडौँ । नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार गतवर्ष फाइनान्सले १ करोड ६७ लाखमात्रै नाफा गरेको छ । 

    फाइनान्स कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गत बर्ष कम्पनीको नाफा अघिल्लो बर्ष २०७९/८० को तुलनामा १०.०१ प्रतिशतले घटेको छ । 

    अघिल्लो आवमा २ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीले गत आवमा १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    ७२ करोड ९९ लाख चुक्ता पुँजी रहेको नेपाल फाइनान्सको रिर्टन अर्निङ २० करोडले ऋणात्मक रहेको छ । यसले फाइनान्सले अझै केही समय लाभांश दिन कठिन पर्ने देखिएको छ । 

    प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ । पिई अनुपात ३६०.१५ रहेको नेपाल फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रहेको छ ।

    फाइनान्सले असार मसान्तसम्म २ अर्ब ५५ करोड निक्षेप संकलन गरेर २ अर्ब १ करोड कर्जा दिएको छ । गतवर्षसम्म फाइनान्सको निक्षेप १ अर्ब ८० करोड तथा कर्जा १ अर्ब ३० करोड रहेको थियो । सेयर बजारमा भने फाइनान्सको मूल्य उच्च रहेको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - ०८:१४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij