२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ खाएका छन्। नेपाली कांग्रेसका तर्फबाट ४ मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ खाएका हुन्।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालय पठाएको थियो।
जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन्।
नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने छन्। कर्णालीमा मुख्यमन्त्री एमालेका यामलाल कँडेल छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij