२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन्।
नेकपा एमालेको समर्थनमा शाहले केही बेरअघि प्रदेश प्रमुख नजिर मियाँकहाँ मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्। शाह कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता हुन्।
यसअघि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij