२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन्। उनले संसदबाटै विश्वासको मत नलिइकन राजीनामाको घाेषणा गरेका हुन्।
केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए।
एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ। बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए। यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घाेषणा गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij