२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा सार्वजनिक गरेको हो।
परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्।
शुक्रबार सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन्। उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ।
त्यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij