Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग र बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग र बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण


  • 2.1K
    Shares

    • images
    नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग र बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण
    images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरूको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका  प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

    बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं-०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । 

    त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका-०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १९:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij