Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने


  • 2.6K
    Shares

    अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

    काठमाडौं । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो। 

    आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ। 

    संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए। तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए। 

    ‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो। हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन्। हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने। 

    आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १३:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij