Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


  • 1.9K
    Shares

    कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी बैंकमा निवेदन पेश गरेअनुसार बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    आवेदन दिँदा खरिद गर्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाई दिनुपर्ने बैंकले जनाएको छ । बैंकले तोकिएको समयभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन नआएमा उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने बैंकको भनाई छ ।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - ०९:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij