Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने


  • 2.5K
    Shares

    बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

    काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

    नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए । १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट थप एक मन्त्री थप गरिएको छ । मदुकुमार श्रेष्ठ विना विभागीय मन्त्री छन् ।

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - १२:१९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij