Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक बर्षमा गुराँस लघुवित्तले कमायो २ करोड ५९ लाख ६३ हजार नाफा

एक बर्षमा गुराँस लघुवित्तले कमायो २ करोड ५९ लाख ६३ हजार नाफा


  • 1.9K
    Shares

    • images
    एक बर्षमा गुराँस लघुवित्तले कमायो २ करोड ५९ लाख ६३ हजार नाफा
    images

    काठमाडौँ आर्थिक बर्ष २०८०/८१ मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । 

    सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २।४६ प्रतिशतमा आएको छ ।

    गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।  

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - ०८:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij