२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च९नेप्से० परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा ३२ अंकले उकालो लागेको छ ।
तीन बजेसम्म आइपुग्दाँ परिसुचक १.२६ प्रतिशत अर्थात ३२.१५ अंकले बढेर २५७५.६६ को बिन्दुमा पुगेको छ । आज नेप्सेमा २५४३.५१ को बिन्दबाट कारोबा सुरु भएको थियो ।
यस्तै, सेन्सेटिभ परिसुचक ६.१९ अंकले बढेर ४५६.१० को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुह मध्ये व्यापार समुह २९.७ अंक र उत्पादक समुह ०.२२ अंकले ओरालो लागेका छन् भने बाँकी उपसमुह भने उकालो लागेका हुन् ।
अन्तिम समय सम्म कारोबारमा आएका २०९ कम्पनी मध्ये १२५ कम्पनीको शेयरमुल्य बढेको भने ३३ कम्पनीको शेयरमुल्य घटेको र २० कम्पनीको स्थिर रहेको हो ।
यसैगरी, कारोबारमा आएका उक्त कम्पनीले १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६८ हजार ६४५ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १८ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij