Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशी प्रदेश

काेशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

काेशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै


  • 2.2K
    Shares

    काेशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

    काठमाडौं । नेकपा  माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट  हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा  रहेका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताए।

    दलका नेताले आज सरकार छोड्न भन्नुभएको छ । उहाँ आउँदै हुनुहुन्छ । त्यसपछि राजीनामा पत्र बुझाउँछौं,झ उप्रेतीले भने । 

    गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।

    केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

    कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १०:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij