Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जब एक श्रमिकले खानी खोतल्दा ८० लाखको हिरा भेटे पछि

जब एक श्रमिकले खानी खोतल्दा ८० लाखको हिरा भेटे पछि


  • 3.2K
    Shares

    जब एक श्रमिकले खानी खोतल्दा  ८० लाखको हिरा  भेटे पछि
    images

    मध्यप्रदेशको एक खानीमा काम गर्ने क्रममा एक भारतीय श्रमिकले ठूलो हिरा भेट्टाएर उनको भाग्य  रातारात बदलिएको छ। 


    उनले खोतलेको १९.२२ क्यारेटको हिराले सरकारी लिलामीमा ८० लाख भारु मूल्य पाएको बीबीसीले जनाएको छ। राजु गौण्ड नामका ती श्रमिकले पन्ना सहरमा १० वर्षयता खानी भाडामा लिएर हिरा खोज्दै आएका थिए। 

    पन्नालाई हिरा खजाना भएको सहरका रुपमा लिइन्छ। त्यहाँ मानिसहरुले सरकारसँग खानी भाडामा लिएर हिराको खोजी गर्ने गरेका छन्। 

    पन्नामा भारत सरकारको राष्ट्रिय खनिज विकास निगमले हिरा खानी परियोजना सञ्चालन गराउँछ। यसमा व्यक्ति, परिवार र सहकारी समूहले पनि कम गहिराइमा उत्खनन गर्न पाउँछन्। जब हिरा भेटिन्छ, सरकारी हिरा कार्यालयमा बुझाइन्छ। सोही कार्यालयले हिराको मूल्यांकन गर्छ। 

    २ सयदेखि साढे २ सय रुपैयाँसम्ममै खानी भाडामा लिन पाइने एक सरकारी अधिकारी बताउँछन्। सन् २०१८ मा एक श्रमिकले डेढ करोड भारु मूल्यबराबरको हिरा फेला पारेका थिए। तर सधैँ यतिका मूल्यवान् हिरा भने भेटिँदैनन्। 

    गौण्डका अनुसार उनका बुबाले २ महिनाअघि मात्र उक्त खानी भाडामा लिएका थिए। मनसुन सिजनमा उनीहरुले खानी लिएर हिरा खोज्ने गरेका छन्। 

    गौण्डका अनुसार उनीहरु गरिब छन् र अन्य कुनै आयस्रोत पनि छैन। सोही कारण हिरा खोज्ने गरेको उनी बताउँछन्। 

    उनले मानिसहरुले हिरा भेट्टाएको सुनेका थिए। एक दिन आफूले पनि फेला पार्ने आशमा खानीमा काम गरिरहेका थिए। बुधबार बिहान पनि सधैँझैँ हिरा खोज्न गएका थिए। भाग्य उनको पक्षमा थियो। मूल्यवान् हिरा फेला पारे। 

    फेला पारेको हिरा सरकारी कार्यालयमा बुझाएका थिए। जुन हिरा अर्को पटक लिलाम बढाबढमा बिक्री हुनसक्ने सरकारी कार्यालयले जनाएको छ। बिक्रीपछि गौण्डले सरकारी रोयल्टी र करकट्टापछि उनको रकम पाउनेछन्। 

    त्यो रकमले राम्रो घर बनाउने, छोराछोरी पढाउने र ५ लाख ऋण तिर्ने उनको योजना छ। उक्त रकम आफूसँगै बस्ने १९ आफन्तलाई भाग लगाउने उनको भनाइ छ। 

    उनी फेरि खानीमा हिरा खोज्न जाने तरखरमा छन्। बीबीसीबाट सभार

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - १६:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij