Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मेरो सेयरको सफ्टवेयरमा समस्या

मेरो सेयरको सफ्टवेयरमा समस्या


  • 6.8K
    Shares

    मेरो सेयरको सफ्टवेयरमा समस्या
    images

    काठमाडौं । मेरो सेयर सफ्टवेयरमा मंगलबार बिहानदेखि समस्या आएको छ । जसका कारण लगानीकर्ताले बिक्री गरेको सेयर इडीआइएस गर्न पाएका छैनन ।

    सोमबार बिक्री गरेको सेयर लगानीकर्ताले मंगलबार इडीआइएस गर्नुपर्छ । तर, मंगलबार बिहानदेखि मेरो सेयर नचलेपछि लगानीकर्तालाई क्लोज आउटमा परिन्छ कि भन्ने तनाव भएको छ ।

    यता, सीडीएसका प्रवक्ता सुरेश न्यौपाने समस्या समाधानको प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘सिस्टममा आएको समास्या समाधान हुँदैछ । अबको केही समयमा नै सिस्टम चल्छ ।’ तथापि, मेरो सेयरमा बराम्बार समस्या आउने गरेको छ ।

    केही दिनअघि पनि मेरो सेयरमा समस्या देखिएपछि लगानीकर्तालाई सीडीएसले सेयर इडीआइएस गर्ने समय थपेको थियो । मंगलबार पनि इडीआइएस गर्ने समय थप गर्ने सम्बन्धमा छलफल भइरहेको छ । तथापि, सिस्टम चलेपछि मात्रै यसबारेमा निर्णय हुने सीडीएसले जनाएको छ ।  

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:४१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij