Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बाइडेनको सम्बोधन- देशको सेवा गर्न पाउनु जीवनकै सम्मान

बाइडेनको सम्बोधन- देशको सेवा गर्न पाउनु जीवनकै सम्मान


  • 1.7K
    Shares

    बाइडेनको सम्बोधन- देशको सेवा गर्न पाउनु जीवनकै सम्मान
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

    राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका हुन् ।  उनले भने, 'म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।'

    उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउदै हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । उनले भने, 'हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।'

    आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, 'मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।'

    नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, 'हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहको लागि यो अहिले सहि समय र स्थान हो ।'

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - ०७:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij