Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित ८ मन्त्रीले खाए शपथ

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित ८ मन्त्रीले खाए शपथ


  • 2.3K
    Shares

    लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित   ८ मन्त्रीले खाए शपथ

    काठमाडौं । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।  नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज (बुधबार) आफ्नो शपथसँगै मन्त्रिमण्डल विस्तार गरेका छन्।

    उनले कांग्रेस र एमालेका गरी ८ जना प्रदेश सांसदलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। 

    मुख्यमन्त्री आचार्यले भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्मालाई बिनाविभागीय मन्त्री बनाएका हुन्। 

    नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले प्रदेश संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

    प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

     

    प्रकाशित मिति :श्रावण ९ २०८१ बुधवार - ०९:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij