Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो, कसलाई कुन मन्त्रालय?

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो, कसलाई कुन मन्त्रालय?


  • 2.6K
    Shares

    बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो, कसलाई कुन मन्त्रालय?

    काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।

    मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो ।

    एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

    त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

    बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - १५:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij