Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त


  • 2.7K
    Shares

    लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

    काठमाडौं । दाङ-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

    एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले दाबी पेश गरेका थिए ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् ।

    यस्तोमा यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको थियो ।

    एमाले महासचिव पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए ।

    मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण जिल्लिए । कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री भएका हुन् ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - १६:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij