Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने


  • 2.8K
    Shares

    नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने
    images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।

    आइतबार होटेल रोयल सिंगी काठमाडौंमा भएको सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले सम्भौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    नेपाल लाइफले कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैययाँ लगानी गर्ने सम्झौता भएको हो । योसँगै नेपाल लाइफको ३५.३२ प्रतिशत स्वामित्व रहने छ । त्यस्तै, युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी नेपाल लाइफको रहनेछ । यो स्कुलमा कम्पनीको ४७.६२ प्रतिशत स्वामित्व हुने बताइएको छ ।

    कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको बताए । सोही निर्देशिका अनुसार लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

    शिक्षा क्षेत्र राष्ट्रिय महत्त्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफल आउने बताए । साथै, राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आमनागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनले बताए ।  

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - १५:०७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij