Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरिक लगानी कोषको अवितरित हकप्रद शेयर बाँडफाँट

नागरिक लगानी कोषको अवितरित हकप्रद शेयर बाँडफाँट


  • 6.4K
    Shares

    नागरिक लगानी कोषको अवितरित हकप्रद शेयर बाँडफाँट
    images

    काठमाडौं । नागरिक लगानी कोषले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।

    कोषले गत फागुन २१ गतेदेखि चैत चैत २ गतेसम्म सर्वसाधारण तर्फको ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता अवितरित हकप्रद शेयर विक्री गरेको हो । 

    तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र चैत ७ र ८ गते विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा खोली चैत १४ गते बाँडफाँट गरिएको हो ।

    बाँडफाँटमा नपरेको रकम चैत १७ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै फिर्ता भुक्तानी गरिने कोषले जानकारी दिएको छ । बाँडफाँटमा परेको शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात सम्बन्धित आवेदकको हितग्राही खातामा जम्मा गरिने समेत कोषले बताएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १२:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij