Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सत्ता राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा


  • 2.6K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोखबहादुर  महराले  प्रदेशसभामा सम्बोधन गरेर राजीनामा  दिएका छन् ।

    केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत  नपाउने निश्चित भएपछि  राजीनामा दिएका हुन्। 

    महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा  शपथ ग्रहण  गरेका थिए । महराले आफूले छोटो समयमा धेरै राम्रा काम गरेको दाबी गर्दे राम्रा कामलाई अगाडि बढाउन नयाँ बन्ने मुख्यमन्त्रीलाई आग्रह गरे।  लुम्बिनी प्रदेशमा आफूले स्वास्थ्य, बन, कृषि  र पर्यटन क्षेत्रको सुधारका लागि धेरै योजना अघि बढाएको बताउँदै उनले त्यसलाई अघि बढाइनुपर्नेमा जोड दिएका हुन् । 

    उनले कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दे  संविधान सम्बोधन प्रसङ्गले अर्को तरङ्ग दिएको समेत बताए।यसैबिच महराको राजीनामासँगै कांग्रेस र एमालेबिच एमाले संसदीय दलका नेता लीला गिरीलाई  मुख्यमन्त्री बनाउने  सहमति  भएको  छ। 

    सोही अनुसार  प्रदेश प्रमुख  अमिक शेरचनले  नयाँ सरकारको  आह्वान गर्नसाथ  गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् । 

     

    प्रकाशित मिति :श्रावण ६ २०८१ आइतवार - १४:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij