२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । ‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ,’ ढकालले भने ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो ।
१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।
२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । फागुनमा एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij