२०८२ माघ ७ गते बुधवार
काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो।
सेबोनमा दिएको आवेदन अनुसार कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij