२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
कम्पनीले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गर्दै असार २३ गते बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij