Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बंगलादेश आन्दोलनमा १९ जनाको मृत्यु, नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश

बंगलादेश आन्दोलनमा १९ जनाको मृत्यु, नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश


  • 3.5K
    Shares

    बंगलादेश आन्दोलनमा १९ जनाको मृत्यु, नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश
    images

    मेघालय । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।

    आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् । 

    बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली भारतसँग बंगलादेशको सीमा जोडिएको मेघालयको दावकी एकीकृत चेकपोस्ट हुँदै भारत प्रवेश गरेका छन् । 

    भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ ६ : ४५ बजेसम्ममा २०२ नेपाली भारतीय सिलोङबाट ८१.५ किमी टाढा रहेको सो नाकाबाट भारततर्फ छिरेका थिए । ती विद्यार्थीको सुरक्षाको आवश्यक प्रबन्ध गरिएको समाचारमा उल्लेख छ । 
     
    सीमा पार गरेर भारत जानेमा नेपालका १०१, भुटानका ७, भारतका २३ र चारजना पर्यटक भएको प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

    नेपाली विद्यार्थी भारततर्फ छिरेको भन्ने प्रसंगमा नेपाली अधिकारीहरूले भने पुष्टि गरेका छैनन् । 

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - ०९:५२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij