Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

हार्दिक र नताशाले गरे सम्बन्धविच्छेद

हार्दिक र नताशाले गरे सम्बन्धविच्छेद


  • 4.9K
    Shares

    हार्दिक र नताशाले गरे सम्बन्धविच्छेद
    images

    भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा स्टानकोभिनसँग सम्बन्धविच्छेद गरेका छन् । बिहीबार दुवै जनाले सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेद गरेको जानकारी दिएका हुन् ।

    नताशाले इन्स्टाग्राममा लेखेकी छन्,‘लगभग ४ वर्षपछि हार्दिक र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हामी दुवैले सँगै बसेर एउटै निर्णय लिएका छौं । यो हाम्रा लागि निकै कठिन निर्णय थियो । अगस्त्य हामी दुवैको जीवनको एक हिस्सा रहनेछ। हामी दुवैले उसलाई हर सम्भव खुशी दिने प्रयास गर्नेछौं।’

    यस्तै पाण्ड्यले पनि इन्स्टाग्राममा आफूहरुले चारवर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘चार वर्षसँगै बसेपछि नताशा र मैले सौहार्दपूर्ण रूपमा अलग हुने निर्णय गरेका छौं। हामीले यो सम्बन्ध बचाउन सक्दो प्रयास गर्यौं र सबै कुरा दिएका थियौं। तर अहिले हामीलाई लाग्छ कि यो हामी दुवैका लागि सही निर्णय हो। यो हाम्रो लागि धेरै गाह्रो निर्णय थियो ।’

    हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तान लाभ भएको थियो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - ०४:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij