Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेश प्रदेश

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै, आजै शपथ

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै, आजै शपथ


  • 2.0K
    Shares

    मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै, आजै शपथ

    काठमाडौं । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

    कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । 

    यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  

    सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो ।  पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए ।

    कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

    प्रकाशित मिति :श्रावण ३ २०८१ बिहिवार - १५:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij