२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको हो। आगलागीमा परेका ३० जनाको उद्धार गरिएको जनाइएको छ।
प्रस्ट कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो।
चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij