Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बैङ्ककको एक होटलमा ६ जना मृत अवस्थामा फेला

बैङ्ककको एक होटलमा ६ जना मृत अवस्थामा फेला


  • 2.6K
    Shares

    बैङ्ककको एक होटलमा ६ जना मृत अवस्थामा फेला
    images

    थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको एक होटलमा छ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ ।

    प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ ।

    बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान रहेको बताए ।

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - ०६:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij